Techie IT
२०८३ जेष्ठ ९, शनिबार

आगन्तुकको रोजाइमा बागलुङको स्थानीय उत्पादन


बागलुङ । बागलुङलाई गन्तव्य बनाएर अवलोकन भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि बागलुङको स्थानीय उत्पादनले बजार पाउन थालेको छ ।

उनीहरूले कोसेलीका रुपमा बागलुङमा उत्पादन भएको भांगोदेखि गुन्द्रुकसम्म लैजान थालेका छन् । बागलुङका कुनाकाप्चामा उत्पादन भएको जैविक कृषि उपजको बजारीकरणमा उद्योग वाणिज्य सङ्घले सघाउन थालेपछि आगन्तुकको कोसेलीका रुपमा स्थानीय उत्पादन पर्न थालेको छ ।

गुन्द्रुक, भांगो, भटमास, मह तथा नेपाली हातेकागज, ऊनबाट बन्ने कपडा, अल्लोबाट उत्पादन भएका लत्ताकपडा, ढाकाका कपडा, बाँसको काइयो, ठेकीलगायत सामग्रीलाई आगन्तुकले कोसेलीका रुपमा लान थालेका छन् । तीन महिनादेखि उद्योग वाणिज्य सङ्घले सञ्चालनमा ल्याएको कोसेली घरका सामग्री स्थानीयभन्दा आगन्तुकको रोजाइमा पर्न थालेको पाइएको छ ।

स्थानीय उत्पादनलाई बागलुङको पहिचानसँग जोडेर बजारीकरण गर्दा गाउँका सामग्रीले समेत मूल्य पाउने र बागलुङ घुम्न आएका पाहुनालाई कोसेली बन्ने गरेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

स्थानीय उत्पादनको खरिद गरी ‘ब्रान्डिङ’ उद्योग वाणिज्य सङ्घले गर्न थालेपछि आगन्तुकको रोजाइमा पर्न थालेको हो । रु २० लाख लागतमा कार्यालय परिसरमै सञ्चालन गरेको कोसेली घरमा भ्रमणमा आउने पाहुनाले केही न केही स्थानीय उत्पादन खरिद गरेर लैजाने कँडेलको भनाइ छ । उद्यमीहरूबाट उत्पादित कृषिजन्य जैविक उपज, हस्तकला सामग्री, पर्यटकीयस्थलको फोटोलगायत वस्तुहरू बिक्री भइरहेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट