Techie IT
२०८२ चैत्र ९, सोमबार

अनशन बसेका केदार कार्कीका समर्थक र प्रहरीबीच झडप

१० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निःशुल्क गर्नुपर्ने माग राख्दै अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीका समर्थक र प्रहरीबीच झडप भएको छ।


१० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निःशुल्क गर्नुपर्ने माग राख्दै अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीका समर्थक र प्रहरीबीच झडप भएको छ। मोरङको प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका कार्कीलाई प्रहरीले हटाउन खोजेपछि यो झडप भएको हो।

कार्कीले मंगलबार दिउँसो ४ बजे अनशन सुरु गर्ने बताएका थिए। तर, जिल्ला प्रशासन कार्यालय मोरङले त्यसअघि नै प्रदेशसभा सचिवालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। निषेधित क्षेत्र घोषणा भए पनि कार्की सोही स्थानमा गएर अनशन बसेका थिए।

सुरुमा प्रहरीले कार्कीलाई सो क्षेत्रबाट हट्न आग्रह गरे पनि उनी मान्न तयार भएनन्। बेलुका प्रहरीले सामान्य बल प्रयोग गरेपछि कार्कीका समर्थक र प्रहरीबीच झडप भएको हो। यस क्रममा प्रहरीले लाठी चार्ज गर्दा एक जना कार्कीका समर्थकलाई पक्राउ गरिएको छ।

केदार कार्की ९ बुँदे मागसहित अनशनमा छन्। उनका प्रमुख मागहरूमा १० वर्षमुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवा निःशुल्क उपचार, बजेटमा २५ लाख रूपैयाँ भन्दा कमका योजना नराख्ने नीति, र शैलजा आचार्य हृदयरोग उपचार केन्द्रलाई पूर्ण रूपमा सञ्चालन गर्नुपर्ने कुरा रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट