Techie IT
२०८२ फागुन ६, बुधबार

सिद्धबाबाले पाए बलात्कारको मुद्दामा सफाइ


उच्च अदालत विराटनगरले आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने फैसला सुनाएको छ। यसअघि जिल्ला अदालत सुनसरीले पनि गिरीलाई सफाइ दिएको थियो, जसलाई सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो।

मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीश विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेको हो। सुनसरी अदालतले अडियो रेकर्ड परीक्षण गर्ने प्राविधिकको विज्ञतामा प्रश्न उठाउँदै सफाइ दिएको थियो।

अब यो मुद्दामा सरकारसँग सर्वोच्च अदालतमा पुनरावेदन जाने विकल्प बाँकी रहेको छ।

 

#SiddhaBaba



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट