अखिल क्रान्तिकारी अध्यक्षमा कोशीमा राई र मधेसमा उपदेशको अग्रता
काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)को कोशी प्रदेश अन्तर्गत चुनावी मतगणना अन्तिम चरणमा पुगेको छ। ३० मत गणना बाँकी हुँदा हेमन्त राईले सबैभन्दा बढी ११६ मत प्राप्त गरेका छन्। अध्यक्ष पदका अन्य प्रतिस्पर्धी विजय प्रकाश सापकोटाले ४९ मत ल्याएका छन् भने उपदेश यादवले ३५ र सुदिन पौडेलले १८ मत प्राप्त गरेका छन्। कोशीमा कुल २५८ मत खसेको थियो ।
त्यसैगरी, मधेस प्रदेशमा जम्मा ७३ मत गणना हुँदा उपदेश यादवले ३० मतसहित अग्रता कायम राखेका छन्। यादवका निकटतम प्रतिस्पर्धी हेमन्त राई र विजय शर्मा सापकोटाले समान २०–२० मत पाएका छन् ।
अन्य प्रदेशमा पनि मतगणना जारी रहेको छ। अन्तिम मत परिणाम आज बिहान १० बजेसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस