जनार्दन पक्षको चलेन जोर, मतपेटीकासहित निर्वाचन टोली पुग्यो पार्टी हेडक्वाटर पेरिसडाँडा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना पार्टी हेडक्वाटर पेरिसडाँडामा हुने भएको छ ।
मतदानस्थल वाल्मीकि क्याम्पसमै गर्नुपर्नेे पार्टी उपमहासचिव जनार्दन शर्माको विद्यार्थी समूहले अडान त्यागेपछि पेरिसडाँडामा हुने भएको हो ।
केहीबेर अघि वाल्मीकी क्याम्पसबाट मतपेटिका पेरिसडाँडा पुर्याइएको छ । यसअघि मतपत्रमा कालो र रातो रंग प्रयोग भएको भन्दै विवाद भएपछि मतगणना रोकिएको थियो ।
जनार्दन समूहका अध्यक्ष पदका उम्मेदवार हेमन्त राईले मतदानस्थलमै गणना हुनुपर्ने अडान लिएपछि विवाद भएको थियो ।
अन्ततः सो समूहले आफ्नो अडान त्यागेपछि पार्टी हेडक्वाटर पेरिसडाँडामा गतगणना गर्ने सहमति भएको छ ।
गणना भने अहिलेसम्म सुरु गरिएको छैन ।



तपाईको प्रतिक्रिया दिनुहोस