आजको राशिफल (माघ १६ गते)

आज विक्रम संवत २०८१ साल माघ १६ गते, बुधबार । ईश्वी सन् २०२५ जनवरी २९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४० मिनेट । दिनमान २६ घडी ५७ पला । आजका लागि पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको राशिफल ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
आज व्यापार र उद्योगमा थोरै समय दिए पनि राम्रो आम्दानी हुनेछ। अध्ययन वा कामबाट विश्राम पाइनेछ। मनोरञ्जन र खानपानमा समय बित्नेछ। गीत, संगीत, र मोडलिङ क्षेत्रमा लागेका व्यक्तिहरूले नाम र धन दुबै कमाउनेछन्। राजनीति र समाजसेवामा जनताको काम गरेर इज्जत बढ्नेछ। छोटो यात्रा गर्ने मौका पाइनेछ। पुराना मित्र र सहयोगीहरूसँग भेटघाट हुनेछ।
बृष (इ, ऊ, ए, ओ, वा, वि, वु, वे, वो):
आज समय र परिस्थितिअनुसार चल्न नसक्दा अलिक दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउनेछ। अरूको व्यवहारले शंका उत्पन्न हुन सक्छ, तर मान्यजनको सुझाव मान्दा लाभ हुनेछ। महत्वाकांक्षी योजना सार्वजनिक गर्नु अघि केही समय पर्खनुहोस्। परिवारजनको सहयोगले राम्रो हुनेछ। धार्मिक सामानको व्यापारमा वृद्धि हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):
भौतिक सम्पत्ति र सवारी साधन प्रयोग गर्दा सावधान रहनुहोस्। लामो समयदेखिको प्रेममा अविश्वास बढ्न सक्छ। पढाइलेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि पर्नेछ। आफन्त र दिदिबहिनीसँग विवाद हुन सक्छ। व्यापारमा आम्दानी बढाउन निकै समय खर्चिनेछ। खानपान र बाहिरी वातावरणको ख्याल गर्नुहोस्, स्वास्थ्य समस्याको जोखिम छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
तार्किक क्षमता र वाणीमा निखार आउनेछ। व्यापारमा उन्नति हुनेछ। यात्रा गर्ने मौका पाइनेछ। मायाप्रेममा नजिक हुने समय छ। खानपान, भेटघाट, र मनोरञ्जनमा समय बित्नेछ। अध्ययन वा कामको सिलसिलामा यात्रा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
प्रतिस्पर्धामा अग्रस्थान हुनेछ। पुराना समस्या र रोगहरू स्वतः हल हुनेछन्। आर्थिक अवस्था सुदृढ हुनेछ। पढाइलेखाइमा सफलता मिल्नेछ। मायाप्रेममा सहयोग र यात्राको सम्भावना छ। पुराना मित्रहरूसँग भेटघाट हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
अध्ययन र अनुसन्धानमा धेरै समय दिए सकारात्मक नतिजा आउनेछ। व्यापारमा गरेको लगानीबाट सोचेजस्तो फाइदा नहुन सक्छ। प्रेममा धोका हुन सक्छ। खानपानमा ध्यान दिनुहोस्, पेट सम्बन्धी समस्या आउन सक्छ। सन्तान र आफन्तसँग टाढिनु पर्ने हुनाले मन खिन्न हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
आफ्नो व्यवहारले मान्यजन र आमाको मन दुख्नेछ। अरूको काममा समय बित्ने हुदा आफ्नो काम थाती रहनेछ। योजनाहरूमा सहकर्मीहरूबाट विरोध हुन सक्छ। अध्ययनमा सफलता पाउन मेहनत गर्नुपर्नेछ। काम गर्दा गम्भीर रहनुहोस्, हतार गर्नाले काम बिग्रनेछ। प्रेममा अविश्वास बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
आट, शाहस, र पराक्रम बढ्नेछ। सानो प्रयत्नले राम्रो फल मिल्नेछ। मायाप्रेममा नजिक हुनेछ। अध्ययनमा प्रगति हुनेछ। दाजुभाई र छिमेकीसँगको सम्बन्ध सुधार हुनेछ। व्यापार र उद्योगबाट राम्रो आम्दानी हुनेछ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे):
बोल्दा ध्यान नदिए समस्या आउनेछ। मान्यजनको सुझाव मान्नु राम्रो हुनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोस्। समय मध्ययम रहेकाले काम बिग्रने डर छ। खनिज पदार्थको व्यापारमा घाटा हुन सक्छ। पढाइमा मन नलाग्दा अरूभन्दा पछि पर्नेछ। स्वास्थ्य समस्याको जोखिम छ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी):
व्यवसायबाट राम्रो फाइदा हुनेछ। घरपरिवारमा सुखद समाचार आउनेछ। राजनीति र सामाजिक कामबाट नाम कमाउनेछ। नयाँ आयस्रोत बनाउने मौका पाइनेछ। सवारी साधन प्राप्त हुनेछ। कलाकारिता र संगीत क्षेत्रमा राम्रो आम्दानी हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्नेछ। व्यापारमा लगानी गरे पनि आम्दानी कम हुनेछ। पढाइलेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि पर्नेछ। आफुभन्दा अग्रजसँग मनमुटाव बढ्नेछ। प्रेममा अविश्वास बढ्नेछ। लामो यात्रा गर्ने मौका पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची):
आर्थिक दृष्टिले दिन राम्रो छ। अधुरा योजनाहरू पूरा हुनेछन्। व्यापार र पशुपालनबाट लाभ हुनेछ। सन्तान सुख मिल्नेछ। पुख्र्यौली सम्पत्तिबाट धन कमाउनेछ। मायाप्रेममा डोरो कसिलो हुनेछ। काम वा अध्ययनबाट विश्राम पाइनेछ। खानपान र मनोरञ्जनमा समय बित्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस