रास्वपा संसदीय दलको बैठक आह्वान, यी हुन् एजेन्डा
काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आह्वान गरिएको छ ।
यहीँ माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनबारे बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।
संघीय संसद्को हिउँदे अधिवेशनमा रास्वपाको भूमिका, एजेन्डा र प्राथमिकताबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको पार्टी कार्यवहाक प्रवक्ता प्रतिभा डाँगीले बताइन् ।
उनका अनुसार संसदीय दलको बैठक आज (बुधबार) बिहान ११ बजे बस्ने छ ।
बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस