Techie IT
२०८२ फागुन १४, बिहीबार

रास्वपा सांसदद्वारा संसद् बहिष्कार, सभामुखद्वारा बैठक सञ्चालन


काठमाडौं । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो दिनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको थियो । 

आजको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले कार्यसूचीमा अघि बढ्न सहयोगका लागि रास्वपा सांसदहरुसँग अनुरोध गरेका थिए । 

बैठकमा दलीय आधारमा समय निर्धारण गरेर विचार राख्ने व्यवस्था गरेकाले सोहीअनुसार बैठक सञ्चालनका लागि सहजीकरण गर्न उनले आग्रह गरे । 

‘हामीले बैठकको कार्यसूचीबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा पर्याप्त छलफल गरेका छौँ । निर्धारण भएको कार्यसूचीअनुसार दलीय आधारमा सबैले आफ्ना कुरा राख्न पाउनुहुन्छ । तपाईंहरु आफ्नो आसनमा बसेर सभा सञ्चालनका लागि सहयोग गरिदिनुस्,’ सभामुख घिमिरेले भने । 

बैठकमा सभामुख घिमिरेले रास्वपा सांसदहरुलाई बस्न पटकपटक अनुरोध गरेका थिए । तर पटकपटकको अनुरोध नमानेपछि सभामुख घिमिरेले बस्न आदेश दिए । तर सभामुख घिमिरेको आदेशको रास्वपा सांसदहरुले अटेर गरे ।

रास्वपा सांसदहरुले आफ्ना कुरा राख्न आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेको छ भने सभामुख घिमिरेले सबै दलहरुलाई बोल्नका लागि दलीय आधारमा समय निर्धारण भएकाले तोकिएको सोही समयमा आफ्ना कुरा राख्न आग्रह गरे । त्यस्तै, नियमित बैठक र अधिवेशनको सुरुआती बैठकको फरकबारे पनि उनले ध्यानाकर्षण गराए । त्यसपछि

रास्वपा सांसदहरू बैठक छोडेर हिँडे भने सभामुखले संसद् बैठक अघि बढाए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट