आजको राशिफल, माघ २१ गते

आज विक्रम संवत २०८१ साल माघ २१ गते, आइतबार ।माघ शुक्ल पक्षको पञ्चमी तिथि । ईश्वी सन् २०२५ फेव्रुवरी ३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु ।काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४४ मिनेट । दिनमान २७ घडी १३ पला । वसन्त पञ्चमी तथा सरस्वती जयन्ती ।
रैबारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको फलादेशः
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामको सिलसिलामा लामो दुरीको यात्रा हुनसक्छ। विदेशी सामानको व्यापार फस्टाउनेछ भने विदेशमा श्रम गरिरहेका व्यक्तिहरूका लागि राम्रो दिन हुनेछ। वित्तीय क्षेत्रमा लगानी गरेर लाभ लिन सकिनेछ तर काममा सजग रहनुहोस्, जरिवाना हुने सम्भावना छ।
वृष (इ, ऊ, ए, ओ, वा, वि, वु, वे, वो)
शिक्षामा लगानी गरेका व्यक्तिहरूले राम्रो प्रतिफल पाउनेछन्। बन्धुबाट धोका हुन सक्ने भएकाले गोपनीयता नफास्नुहोस्। प्रेम सम्बन्धमा आत्मियता बढ्नेछ भने साथीभाइको साथ पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पुराना समस्याको समाधान हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। परिवारको साथ पाइनेछ भने नोकरी वा व्यवसायमा देखिएका चुनौतीहरूलाई चिर्न सकिनेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन र अनुसन्धानमा राम्रो प्रगति हुनेछ। समस्याहरू सजिलै समाधान गर्न सकिनेछ। लामो दुरीको यात्रा हुनेछ भने धार्मिक भ्रमणको अवसर जुट्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनावश्यक यात्रा र खर्चले मन चिन्तित तुल्याउन सक्छ। पुरानो रोगले सताउने सम्भावना छ। प्रेम सम्बन्धमा विश्वासको कमीले टाढिनु पर्ने स्थिति आउन सक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
उद्योग तथा व्यापार फस्टाउनेछ। पर्यटन र शेयर बजारमा लगानी गर्दा राम्रो लाभ हुनेछ। प्रेममा रमाउन चाहनेका लागि समय उपयुक्त छ। धार्मिक र सांगीतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रणय सम्बन्धमा आत्मियता बढ्नेछ। लामो दुरीको अफिसियल यात्राबाट भनेजस्तो उपलब्धि मिल्नेछ। वादविवाद र मुद्दामा सफलता हात पर्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामलाई निरन्तरता दिन सक्दा मनग्गे लाभ हुनेछ। बौद्धिक र सिर्जनात्मक कार्यमा सफल भइनेछ। प्रेम सम्बन्धमा उपहार प्राप्तिको योग छ।
धनु (ये, यो, भा, भि, भू, ध, फा, ढा, भे)
स्वास्थ्यमा समस्या आउने सम्भावना छ। लामो यात्रा गर्नु परे पनि मन खिन्न हुन सक्छ। कृषि र शेयर बजारमा लगानी फस्टाउनेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
रमाइलो यात्राको सम्भावना छ। दाजुभाइको सहयोगले सफलता मिल्नेछ। शिक्षा र उद्योगमा लगानी गर्दा राम्रो प्रतिफल पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
व्यापारमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धन संकलन गर्न सकिनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
धार्मिक र सामाजिक काममा सहभागी भइनेछ। अध्ययनमा मेहेनत गरेर राम्रो नतिजा हात पार्न सकिनेछ। भौतिक सम्पत्ति प्राप्तिको योग छ।
तपाईको प्रतिक्रिया दिनुहोस