Techie IT
२०८२ भाद्र ६, शुक्रबार

बालिका यौन दुर्व्यवहार आरोपमा दुई पक्राउ


ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सिद्धिचरण नगरपालिका-९ का ३८ वर्षीय राज कुमार भुजेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पुस १७ गते राति बालिकामाथि जबरजस्ती करणी भएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी, प्युठानको गौमुखी गाउँपालिका-५ खुङ सुन्दरमेला निवासी २२ वर्षीय कुलमान थापा मगरलाई १३ वर्षीया बालिकामाथि बिहीबार दिउँसो जबरजस्ती करणी गरेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पुजालिबासेबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट