Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

काठमाडौंका यी स्थानमा तीनदेखि पाँच घन्टा विद्युत् अवरुद्ध हुने


काठमाडौं: रत्नपार्क वितरण केन्द्रअन्तर्गत असन र महाबौद्ध फिडरका विभिन्न स्थानमा आज तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै भूमिगत तारसम्बन्धी कामका लागि फिडर सटनडाउनमा राख्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागेको जनाएको छ।

असन फिडरअन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझाभण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, सुरज आर्केड अगाडि, र मसला गल्लीको मोडसम्मको क्षेत्रमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

महाबौद्ध फिडरअन्तर्गत महाबौद्ध सबस्टेशन, न्युरोड गेट, रञ्जना हल, विशालबजार सबस्टेशन, गणेशस्थान, ट्रमा हस्पिटल पछाडि केबुल हेडसम्मका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ।

प्राधिकरणले काम समय अगाडि नै सम्पन्न भए विद्युत सेवा छिटो सुरू हुने जानकारी पनि दिएको छ।

 

#NepalElectricity



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट