Techie IT
२०८३ असार २५, बिहीबार

यागी आँधीपछिको भीषण बाढीले म्यानमारमा २ लाख घरबार विहीन, २०० जना भन्दा बढीको मृत्यु


Sept. 10, 2024, after Typhoon Yagi hit the country. NHAC NGUYEN/AFP/Getty

यागी आँधीपछि म्यानमारमा आएको भीषण बाढीले करिब २ लाख ३० हजार मानिसलाई घर छाड्न बाध्य बनाएको छ। सिबियस न्युजका अनुसार तुफान र बाढीका कारण अहिलेसम्म २०० जना भन्दा बढीको मृत्यु भएको छ।

म्यानमारको सत्तारूढ दलले बाढीको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहायता माग गरेको छ, र प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी छ।

राजधानी नेपिडाउ बाढी प्रभावित क्षेत्रहरूमध्ये एक हो, जहाँ बाढी पीडितहरूका लागि अस्थायी राहत शिविरहरू स्थापना गरिएको सरकारी सञ्चार माध्यमले जनाएको छ। यस वर्ष यागी आँधीले भियतनाम, चिनियाँ टापु हेनान, र फिलिपिन्सलाई समेत प्रभावित पारेको थियो।

म्यानमारको सेनाले बाढी पीडितहरूको उद्धार र राहतमा सक्रिय रूपमा सहयोग गरिरहेको छ। जुन्टा प्रमुख जनरल मिन आङ ह्लिङले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गर्दै उद्धार कार्यको निरीक्षण गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट