Techie IT
२०८३ भाद्र १६, मंगलबार

दोलखामा बोलेरो दुर्घटना, २ जनाको मृत्यु, ४ घाइते


दोलखाको गौरीशंकर गाउँपालिका-४ झ्याकुमा आइतबार साँझ बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा २० च ७२६६ नम्बरको बोलेरो दुर्घटना हुँदा ७५ वर्षीय काली शेर्पा र ६० वर्षीय पसी शेर्पाको ज्यान गएको हो।

दुर्घटना साँझ ५:३० बजे भएको थियो, र घाइते भएका चार जनालाई उपचारका लागि सिंगटी प्राथमिक अस्पताल पठाइएको छ। मृत्यु भएका दुबै जनाको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सत्रुधनप्रसाद महतोले जानकारी दिएका छन्।

घाइतेहरूमा चालक ३५ वर्षीय मिङमार तामाङ, ३५ वर्षीय निङमा शेर्पा, ६५ वर्षीय अनसु शेर्पा, र २२ वर्षीय डोम्म शेर्पा रहेका छन्। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट