यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

देशभर हाल मनसुनी वायुको प्रभाव सँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीसँगै सफा मौसम रहेको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ भने लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना पनि रहेको छ।
राति कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहँदै मुख्यतया सफा मौसम हुने अनुमान गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस