Techie IT
२०८२ भाद्र १०, मंगलबार

सुप्रिम बचत तथा ऋण सहकारी बाट रवि लामिछानेको खाता २ करोड जम्मा गरिएको खुलासा


सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले रास्वपा अध्यक्ष रवि लामिछानेको नाममा सहकारीमा खाता खोलेको बताएकी छन्। शुक्रबार संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा गुरुङले दिएको बयान समावेश छ।

गुरुङले सहकारीका व्यवस्थापक सागर केसीको निर्देशनमा लामिछानेको नाममा खाता खोलेको र ग्लोबल बैंकमा २ करोड रुपैयाँ जम्मा गरेको स्वीकारेकी छन्। छानबिन समितिको प्रतिवेदनमा उक्त आर्थिक कारोबारको विस्तृत विवरणसहित गुरुङको बयानलाई महत्त्वका साथ उल्लेख गरिएको छ।

समितिले सहकारीमा भएको आर्थिक अपचलन र पारदर्शिता अभावका विषयमा अनुसन्धान गर्दै आइरहेको छ। गुरुङको यो खुलासाले सहकारी क्षेत्रमा हुने अवैध क्रियाकलाप र उच्च तहका व्यक्तिहरू सँगको सम्बन्धलाई उजागर गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट