Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

पुस्तक रहित शुक्रवारले विद्यार्थीमा आत्मविश्वास बढायो : बालेन्द्र शाह


काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले 'पुस्तक रहित शुक्रवार' कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाएको बताएका छन्। शैक्षिक सत्र सुरु भएयता कार्यक्रमको निरीक्षणपछि उनले सामाजिक सञ्जालमा आफ्नो अनुभव साझेदारी गर्दै यसलाई बालमैत्री सिकाइको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

बालेनले जनप्रभात माध्यमिक विद्यालय, ज्ञानोदय माध्यमिक विद्यालय, कुलेश्वर माध्यमिक विद्यालय, वाल व्यवसायी केन्द्र माध्यमिक विद्यालय, नवजागृति माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, गुहेश्वरी माध्यमिक विद्यालय, धुम बराह माध्यमिक विद्यालय, र तरुण माध्यमिक विद्यालयको निरीक्षण गरेका थिए। उनले भेटेका विद्यार्थीहरू स्केचिङ, स्कल्पचर, र विभिन्न सिर्जनात्मक क्रियाकलापमा सहभागी थिए, जसले उनीहरूको सीप निखार्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए।

उनले लेखेका छन्, "कंकेश्वरी आधारभूत विद्यालयमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले चित्रमा रङ्ग भर्दै र कागज काटेर कलात्मक वस्तु बनाउँदै थिए। उनीहरू फलफूलका आकारलाई कसरी वास्तविक देखाउन सकिन्छ भनेर आफैँ उपाय निकालिरहेका थिए।"

शाहले विभिन्न विद्यालयमा नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, सिर्जनात्मक सिकाइ, हाजिरी जवाफ, वाक्य निर्माण, र स्काउट जस्ता क्रियाकलाप पनि सञ्चालन भइरहेको जानकारी दिए। यसरी पुस्तकको पाना नपल्टाई बालमैत्री सिकाइका लागि प्रणाली विकास गर्न आवश्यक रहेको उनको निष्कर्ष छ।

उनको अनुसार, 'पुस्तक रहित शुक्रवार' कार्यक्रमले विद्यार्थीहरूको सिर्जनात्मकता र आत्मविश्वासलाई थप बलियो बनाउने ठहर गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट