Techie IT
२०८२ भाद्र २५, बुधबार

कर्णाली र सुदूरपश्चिममा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


हाल मनसुनको न्यून चापीय रेखा दक्षिणतिर सरकिएकाले देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने कर्णाली प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीसहित मौसम मुख्यतः सफा रहने सम्भावना रहेको छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, र बाँकी प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ।

रातिको समयमा पनि कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट