Techie IT
२०८२ भाद्र १०, मंगलबार

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन


सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार, छानबिन समितिबाट प्राप्त सुझाव र सिफारिसहरू कार्यान्वयनका लागि लेखेर पठाइएको छ।

प्रवक्ता तिवारीले भने, "प्राप्त सिफारिस र सुझाव तत्काल कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयमा लेखेर पठाएका छौँ।" सहकारीको अपचलन प्रकरणलाई थप गहिराइमा छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न निर्देशन दिइएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट