Techie IT
२०८३ असार ३२, बिहीबार

चेक काट्ने र रकम अपचलन गर्ने मुख्य व्यक्ति रवि लामिछानेलाई कहिले पक्राउ गर्ने?- छबिलाल जोशी


सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जोशीले रवि लामिछानेलाई कहिले पक्राउ गर्ने भनी प्रश्न गरेका छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी पोखरा पठाउँदा, जोशीले "चेक काट्ने र रकम अपचलन गर्ने मुख्य व्यक्तिलाई कहिले पक्राउ गर्ने हो?" भन्दै प्रहरीलाई प्रश्न गरेका थिए।

जोशीले रवि लामिछानेमाथि करोडौं रुपैयाँ अपचलनको आरोप लगाउँदै आफूलाई पक्राउ गर्नुको सट्टा पहिले लामिछानेलाई पक्राउ गर्नुपर्ने बताउँदै आएका छन्। उनले रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी प्रकरणमा अनुसन्धानको प्रक्रिया अगाडि नबढाइएको भन्दै राजनीतिक चलखेल भएको शंका व्यक्त गरे।

सहकारी बचत रकम अपचलनको छानबिनमा समितिले पूर्व डिआइजी छविलाल जोशी, रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु राई, र सञ्चालक कुमार रम्तेललाई कानुनी कारबाहीको सिफारिस गरेको थियो। समितिले उनीहरूले विभिन्न सहकारी संस्थाहरूबाट ६५ करोड ५४ लाख रुपैयाँ ठगी गरेको ठहर गरेको छ।

छविलाल जोशीले रवि लामिछानेलाई बचाउन राजनीतिक दबाब भइरहेको आशंका गरेका छन्। उनले रवि लामिछानेलाई पक्राउ गरेपछि मात्रै आफूलाई पक्राउ गर्नुपर्ने बताउँदै न्यायको माग गरेका छन्।

सहकारी बचत अपचलन प्रकरणमा जोशीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट