Techie IT
२०८२ वैशाख १९, शुक्रबार

शिक्षा मन्त्रालय र शिक्षकहरूको वार्ता निष्कर्षमा पुग्ने सम्भावना कम


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच छलफल भएको छ । हाल भइरहेको शिक्षक आन्दोलनका बारेमा उनीहरुबीच छलफल भएको हो ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज प्रारम्भिक रुपमा शिक्षकसँग आन्दोलनका बारेमा छलफल गरिएको बताए । “हिजोदेखि हामीले छलफल प्रारम्भ गरेका छौँ । उनीहरुको चासो, सरोकारका बिषयमा छलफल भयो,” उनले भने, “छलफलबाट नै निष्कर्ष निकाल्ने सहमति भएको छ ।”

प्रवक्ता सापकोटाले छलफललाई निरन्तरता दिने सहमति भएको बताए । छलफलमा शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव डा दीपक काफ्ले, शिक्षक महासङ्घका सहअध्यक्ष नानुमाया पराजुलीलगायतको टोली सहभागी थियो । शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै यही चैत २० गतेदेखि काठमाडौँमा सडक प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा देशभरिका शिक्षकहरुको सहभागिता रहेको बताइएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट