Techie IT
२०८२ चैत्र ८, आइतबार

दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज, अब सिंहदरबार वृत्तको हिरासतमा वास


मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई वीर अस्पतालबाट डिस्चार्ज गरिएको छ। साइबर अपराधमा संलग्नताको आरोपमा असोज ६ गते प्रहरीले पक्राउ गरेको प्रसाईँलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो। 

अस्पतालले उनलाई डिस्चार्ज गरेपछि प्रहरीले अब उनलाई सिंहदरबारस्थित अनामनगर प्रहरी वृत्तको हिरासतमा राख्ने भएको छ। विद्युतीय अपराध अन्तर्गतको कसुरमा अदालतले थप तीन दिनको हिरासत अनुमति दिएको छ, र अनुसन्धान जारी रहने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट