Techie IT
२०८३ असार ३२, बिहीबार

काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुदैँ

महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटलगायतका जिल्लाबाट उत्पादित १५ प्रकारका स्याउ प्रदर्शनीमा राखिनेछन्।


काठमाडौंमा पहिलो पटक स्याउ मेला (नेपाल एप्पल फेस्ट २०२४) आयोजना हुने भएको छ।

ठमेलस्थित होटल मनाङको सहकार्यमा किसान भेन्चरले असोज १७ देखि १९ गतेसम्म स्याउ मेला आयोजना गर्न लागेको हो। किसान भेन्चरले मंगलबार पत्रकार सम्मेलन गर्दै नेपालमा स्याउ खेतीलाई प्रोत्साहन गर्न र स्थानीय स्याउको बजारीकरणका लागि मेलाको आयोजना गरिएको जानकारी दिएको छ।

महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटलगायतका जिल्लाबाट उत्पादित १५ प्रकारका स्याउ प्रदर्शनीमा राखिनेछन्। किसान भेन्चरका सीईओ राजेश कार्कीका अनुसार नेपालमा उत्पादित स्याउको बजारीकरणमा समस्या हुँदा, देशको ९० प्रतिशत स्याउ चीन र भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ।

यो मेलाले स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता, र उद्योग विशेषज्ञलाई सिधा सम्पर्क गराउने लक्ष्य राखेको छ। मेला ठमेलको होटल मनाङमा हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट