यी पाँच प्रदेशमा धेरै वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा देशभर दक्षिणतिर सरेको कारणले अहिले नेपालभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट आएको न्यूनचापीय प्रणालीको असर पनि देखिएको जानकारी दिएको छ। यस प्रणालीका कारण विभिन्न प्रदेशमा आंशिक देखि साधारण बदली देखापरेको छ भने केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेका छन्।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। केही ठाउँहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
दिउँसो र राति देशभर मौसममा बदली जारी रहने र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने भएकाले ती क्षेत्रहरूमा बाढी, पहिरो तथा भूक्षयको जोखिम उच्च भएको छ। महाशाखाले जोखिम भएका स्थानहरूमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस