नवीन समझदारी अपरिहार्य छ : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको समृद्धिका लागि नवीन समझदारी अपरिहार्य रहेको बताएका छन्। उनले अष्ट्रेलियाको मेलबर्नमा आयोजित प्रवासी नेपाली एकता समाजको पाँचौँ वार्षिकोत्सवमा यो कुरा बताएका हुन् ।
लिङ्देनले गत चुनावको दृष्टान्त उल्लेख गर्दै देश बाहिरबाट पनि नेपालको राजनीतिमा महत्वपूर्ण योगदान सम्भव रहेको बताए। कार्यक्रममा नेताहरु भक्ति सिटौला, आनन्द अधिकारी, हिक्मतजङ्ग कार्की लगायतका सहभागी थिए। लिङ्देनले मेलबर्नपछि एडिलेड, सिड्नी र क्यानबेरामा पनि कार्यक्रमहरूमा सहभागी हुने जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस