Techie IT
२०८२ असोज २९, बुधबार

प्रचण्डको सुरक्षामा पूर्वलडाकु सार्पसुटर र वाईसीएलको टोली


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा पूर्वलडाकु पृष्ठभूमि भएका विशेष तालिमप्राप्त लडाकु र वाईसीएल (योङ्ग कम्युनिस्ट लिग) टोली खटिएको छ।

सरकारले सुरक्षामा खटिएको जनशक्ति फिर्ता गरेपछि वाईसीएलले प्रचण्डको सुरक्षा जिम्मा सम्हाल्न थालेको हो। वाईसीएलका अध्यक्ष पुष्प ओलीले यसबारे पुष्टि गर्दै भने, “पछिल्लो परिस्थितिमा उहाँलाई सुरक्षा थ्रेट हुनसक्ने भएकाले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएका छौं।”

स्रोतका अनुसार प्रचण्डको सुरक्षा तीन तहमा व्यवस्था गरिएको छ। सबैभन्दा भित्री घेरामा विशेष तालिमप्राप्त पूर्वलडाकुहरू छन् जो सार्प सुटरको क्षमता राख्दछन् । बाहिरी घेरामा वाईसीएलको फिल्ड टोली परिचालित छ भने अर्को टोली गोप्य सूचना संकलन र ‘इन्टेलिजेन्स’को भूमिका निर्वाह गर्दै छ।

प्रचण्डको कुनै यात्रा वा सार्वजनिक कार्यक्रममा स्कर्टिङ आवश्यक परेमा केन्द्र र सम्बन्धित जिल्लाका वाईसीएल टोलीहरू खटिने व्यवस्था मिलाइएको छ। सुरक्षा आवश्यकताको आधारमा खटिने जनशक्ति थपघट गर्न सकिने बताइएको छ।

माओवादी शान्ति प्रक्रियामा आएका सशस्त्र लडाकुहरूलाई समेत समेटेर वाईसीएल युवा संगठन बनाइएको थियो। तीमध्ये केही सदस्यहरू अझै लडाकु पृष्ठभूमिका छन् र प्रचण्डको सुरक्षामा परिचालित छन्। 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट