Techie IT
२०८३ असार २८, आइतबार

रेशम चौधरीको चेतावनी : म चुनाव लड्न नपाए देशमा फेरि चुनाव हुँदैन


नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफू र आफ्ना सहकर्मीहरूलाई आगामी निर्वाचनमा सहभागी हुन नदिए देशमा फेरि चुनाव नहुने चेतावनी दिएका छन्।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको वृहत् राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले भने, ‘यदि रेशम थारू, लक्ष्मण थारू र धनिराम थारूलाई यस चुनावमा भाग लिन दिइएन भने म यस मञ्चबाट भन्छु यो देशमा फेरि चुनाव हुँदैन।’

उनका अनुसार, कुनै पनि समुदायको विद्रोह र अधिकारका मुद्दा पन्छाएर चुनाव सम्भव हुँदैन। उनले थपे, ‘नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरू  शेरबहादुर, ओली र प्रचण्ड सबैको राजनीतिक इतिहास पनि आन्दोलन र विद्रोहमै आधारित छ। जेनजी आन्दोलनको इतिहास पनि त्यही हो।’

त्यसक्रममा उनले जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादवले आफूलाई चुनाव लड्न नदिने भनिएको विषयप्रति आपत्ति जनाएका थिए । चौधरीले भने, ‘पुरुषोत्तम यादवजी भन्नुहुन्छ— “नेता हुन दिन्नँ”। देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकारका लागि लड्ने हामी, अनि अब कलम चलाउनेहरूले नै फैसला गर्ने ? अनि त्यो फैसला हामीले मानिदिनुपर्ने ?’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट