Techie IT
२०८३ असार २७, शनिबार

प्रसाईंलाई गृह मन्त्रालयको पत्र, के होला दुर्गाको आन्दोलन?


सरकारले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छलफलमा सहभागी हुन औपचारिक पत्र पठाएको छ।

गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बुधबार प्रसाईंको ‘नागरिक बचाउ महाअभियान’ कार्यालयमा पत्र बुझाइएको हो।

गृह मन्त्रालय स्रोतका अनुसार यसअघि प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउने र आवश्यक परामर्श गर्न भेटको समय माग्दै पत्र लेखेका थिए। सोही सन्दर्भमा मन्त्रालयले छलफलका लागि २६ कात्तिकको मिति तोकी पत्राचार गरेको बताइएको छ।

मन्त्रालयको पत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलमार्फत पठाइएको हो भने, भक्तपुरस्थित कार्यालयमा महाअभियानका तर्फबाट माधव कल्पितले पत्र बुझेको पुष्टि गरिएको छ।

यसअघि गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै असन्तुष्ट पक्षहरूलाई संवाद र छलफलमार्फत समस्या समाधान गर्न आग्रह गरेको थियो।

दुर्गा प्रसाईंले भने मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी दिँदै आएका छन्। सरकारले यसपालिको आन्दोलन सकेसम्म दबाब र हस्तक्षेप बढाउन खोजिरहेको छ । गत १५ चैतमा उनको नेतृत्वमा तीनकुनेमा आयोजित आन्दोलन हिंसात्मक बन्दै तोडफोड, आगजनी र लुटपाटसम्म पुगेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट