Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

महाधिवेशन विवादले कांग्रेस विभाजन हुन सक्छ — डा. शेखर कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनबारे उत्पन्न विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउन सक्ने चेतावनी दिएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित वा विशेष महाधिवेशनबारे केन्द्रीय समिति बैठकले तत्काल निर्णय नगरे स्थिति गम्भीर बन्ने बताएका हुन्।

उनका अनुसार विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन्, जसको प्रमाणीकरण प्रक्रिया सुरु हुने दिनदेखि नै कांग्रेस विभाजनको जोखिम बढ्ने उनले चेतावनी दिए।

“विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरू हुनुहुन्छ। हस्ताक्षर प्रमाणीकरण सुरु भएको दिनदेखि नै विभाजनको सम्भावना हुन्छ,” कोइरालाले भने, “४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौं भने पनि बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना देखिन्छ।”

उनले पार्टीभित्रको विवाद समाधानका लागि केन्द्रीय समिति बैठकले नै निर्णय लिनुपर्नेमा जोड दिएका छन् । बहुमत हस्ताक्षरका कारण महाधिवेशन त हुने निश्चित देखिए पनि, पार्टी एकता जोगाउन केन्द्रीय समितिबाट नै निर्णय आएकै राम्रो हुने उनको भनाइ छ।

“केन्द्रीय समितिको बैठकले निर्णय गर्‍यो भने सबै महाधिवेशनकै पक्षमा हुन्छन्। ५५ प्रतिशत हस्ताक्षर बाध्यात्मक हुन्छ, तर हामी विभाजनतिर नजाओस् भन्ने चाहन्छौं,” कोइरालाले भने।

कांग्रेसभित्र पछिल्लो समय आगामी महाधिवेशन नियमित रूपमा गर्ने कि विशेष अधिवेशन बोलाउने भन्ने विषयमा नेताहरूबीच मतभेद चर्किँदै गएको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट