Techie IT
२०८२ कार्तिक २६, बुधबार

आगामी चुनावमा ‘जेनजी’ युवाहरूलाई चुनावमा उठाउछौं — प्रचण्ड


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा युवाहरूलाई प्राथमिकता दिने बताएका छन्।

बुधबार आयोजित पार्टी समायोजन सभामा सम्बोधन गर्दै उनले ‘जेनजी’ युवाहरूलाई ठूलो संख्यामा पार्टीमा भित्र्याएर उम्मेदवारका रूपमा अघि सार्ने तयारी भइरहेको बताए।

उनले चुनावी सरकारले निर्वाचनका पक्षमा रहेका दलहरूलाई अपमान गर्न थालेको आरोप पनि लगाए। ‘चुनावको पक्षमा लागेका पार्टीहरूलाई सरकार स्वयंले अपमान गर्ने प्रयास गरिरहेको छ,’ प्रचण्डले भने, ‘नेकपा दृढतापूर्वक चुनावको पक्षमा उभिएको छ र सरकारलाई समर्थन गरिरहेको छ। सरकारलाई सहयोग गर्ने पार्टीमाथि नै अपमान गर्ने प्रवृत्ति गलत हो।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट