Techie IT
२०८३ असार ३१, बुधबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा एमालेका सबै मन्त्री बर्खास्त!


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता साझेदार दल नेकपा (एमाले) का सबै मन्त्रीहरूलाई पदबाट बर्खास्त गरेका छन्। असार १ गते सरकारले ल्याएको बजेटलाई लिएर दुई दलबीच चुलिएको विवादपछि मुख्यमन्त्री शाहले यो अप्रत्याशित र कडा कदम चालेका हुन्।

बर्खास्तगीमा परेका मन्त्रीहरू:
सुरेन्द्र पाल – भौतिक पूर्वाधार विकास मन्त्री
वीरबहादुर थापा – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
हीरा सार्की – आन्तरिक मामिला तथा कानुन मन्त्री
निर्मला साउद – भौतिक पूर्वाधार विकास राज्यमन्त्री

नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेटप्रति सत्ता साझेदार एमालेले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएको थियो। एमाले सांसदहरूले बजेटविरुद्ध प्रदेश सभामा खर्च कटौतीको प्रस्तावसमेत दर्ता गरेपछि सत्ता गठबन्धनभित्रको विवाद उत्कर्षमा पुगेको थियो।

मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा माग गरेका थिए। उनले "सरकारमै बसेर बजेटको विरोध गर्न मिल्दैन" भन्दै कि बजेट पारित गर्न सहयोग गर्न, कि सरकारबाट बाहिरिन वा समर्थन फिर्ता लिन विकल्प दिएका थिए।

एमाले मन्त्रीहरूलाई यस विषयमा निर्णय लिन एक घण्टाको अल्टिमेटम दिइएको थियो। उक्त समयसीमाभित्र एमालेबाट चित्तबुझ्दो निर्णय नआएपछि मुख्यमन्त्री शाहले तत्कालै उनीहरूलाई बर्खास्त गर्ने निर्णय लिएका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट