Techie IT
२०८३ श्रावण १०, आइतबार

शिक्षामन्त्री सस्मित पोखरेलले राजीनामा दिनुपर्छ - नेता ठाकुर


त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एमबिएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक भएको घटनालाई लिएर नेकपा (एमाले) का नेता ठाकुर गैरेले शिक्षामन्त्री सस्मित पोखरेलको राजीनामा माग गरेका छन्। नेता गैरेले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुको सट्टा सरकारले कार्यदल गठन गरेर घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाएका छन्।

भारतमै पनि शिक्षा क्षेत्रका माग र आन्दोलनका कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको उदाहरण दिँदै गैरेले भने, “नेपालमा परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र र सोलुसन ह्वाट्सएपमा बाहिरियो। शिक्षामन्त्रीले राजीनामा दिनुको साटो छानबिन कार्यदल बनाएर उम्किन खोज्दै हुनुहुन्छ।”

गत साउन ८ गते सञ्चालित "अर्गनाइजेशनल बिहेबियर" विषयको परीक्षा सुरु भएको ५ मिनेटमै ‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमार्फत प्रश्नपत्र लिक भएको थियो। प्रश्नपत्र लिक भएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ भने विद्यार्थी सङ्गठनहरूले त्रिवि व्यवस्थापन सङ्कायका डिनको राजीनामा माग्दै विरोध प्रदर्शन गरिरहेका छन्।

उता, शिक्षामन्त्री सस्मित पोखरेलले भने आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाही गरिने दाबी गरेका छन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट