Techie IT
२०८३ असोज १२, सोमबार

पहिला गगनले रास्वपासँग मित लगाएर चुनाव जिते, अब छलछाम चल्दैन - नेता मोहन बस्नेत


नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापाको समूहमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भित्री साँठगाँठ (मित लगाएको) गरेको गम्भीर आरोप लगाएका छन्।

कांग्रेसको सिन्धु–काठमाडौँ सम्पर्क समितिको युवा भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले विगतको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ४ मा रास्वपाकै सहयोगमा गगन थापाले जितेको दाबी गरे।

“नौटङ्की गरेर रास्वपासँग मित लगाएर हिजो थापाजीले काठमाडौँ ४ मा जितेको हो। चितवनमा रास्वपालाई सहयोग गर्ने कांग्रेस स्वयं हो। होइन भन्ने कोही छ?” प्रश्न गर्दै उनले भने, त्यसपछि अब त्यसरी ढाँटेर उहाँहरू अहिले पनि छलछाम गरेर भ्याउँछु भन्न खोजेको होलान्।

पार्टीभित्र सुधारको खाँचो औंल्याउँदै नेता बस्नेतले आफूहरूले सबै कुरा धोईपखाली गरेर फेरि एकपटक इमानदार र सक्षम कांग्रेस निर्माण गर्न खोजेको बताएका छन् ।

मुलुक र जनताको हित गर्ने कांग्रेस बनाउँछौँ। यो बकवास गरेर दुई चार दिनको लागि चटक देखाउने कांग्रेस होइन ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट