प्रतिनिधिसभाको बैठक आज बस्दै
सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने मुख्य कार्यसूची रहेको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
प्रतिनिधिसभा बैठकबाहेक आज दुईवटा महत्वपूर्ण संसदीय समितिका बैठकहरू पनि बस्दैछन्:
सार्वजनिक लेखा समिति: बिहान ११ बजे बस्ने यस समितिको बैठकमा ‘२०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।
विकास, आर्थिक मामिला तथा सुशासन समिति: बिहान ११ बजे नै बस्ने यस समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा’ छलफल गर्ने कार्यसूची तय गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस