Techie IT
२०८३ असोज १२, सोमबार

जबसम्म देशमा राणाहरू हुन्छन्, तबसम्म राजसंस्था आउँदैन - दुर्गा प्रसाईँ


दुर्गा प्रसाईं

एउटै पार्टी गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष डा. धवलशम्शेर राणा र अभियन्ता दुर्गा प्रसाईँबीच गम्भीर वैचारिक अन्तरविरोध सिर्जना भएको छ। प्रसाईँले आज विष्फोटक अभिव्यक्ति दिँदै राणाले राजसंस्था नै नचाहेको गम्भीर आरोप लगाएका छन्।

विवादको जड हिजो राणाले एक टेलिभिजनलाई दिएको अन्तरवार्ता बनेको छ, जसमा उनले दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रले गराएको दाबी गरेका थिए। यसप्रति कडा आपत्ति जनाउँदै प्रसाईँले राणाको अभिव्यक्तिले राजसंस्थालाई कमजोर बनाउने षड्यन्त्र गरेको बताएका छन्।

एक युट्युब च्यानललाई दिएको अन्तरवार्तामा प्रसाईँले भनेका छन्, “मेरो पार्टीको अध्यक्ष बन्न लागेको मान्छेले यस्तो कुरा सुनेर म छाँगाबाट खसेजस्तो भएँ। प्रचण्ड र बाबुरामले बोल्ने भाषा उहाँको मुखबाट आयो। यसको अर्थ मेरो बन्न लागेको पार्टीभित्र सीआइए (अमेरिकी खुफिया एजेन्सी) पस्यो भन्ने मैले बुझ्नुपर्छ कि पर्दैन?”

प्रसाईँले तथ्य तोडमोड गरेर दरबारलाई कमजोर बनाउन खोजेको भन्दै राणालाई सार्वजनिक रूपमा माफी माग्न चेतावनीसमेत दिएका छन्। “म धवल दाइलाई प्रश्न गर्छु, अध्यक्ष बन्दै गर्दा यो कस्तो खालको कुरा गर्नुभएको? तपाईँ अञ्जान हो कि अबुझ? अबुझ हो भने राजनीति नै नगर्नुस्, घरमा आराम गरेर बस्नुस्,” प्रसाईँले आक्रोश पोखे।

राणाहरुले कहिल्यै राजसंस्था नचाहेको र मुलुकमा राजसंस्था सिध्याउने नै राणाहरू भएको प्रसाईको आरोप छ। उनले भने, “जुद्दशम्शेर र चन्द्रशम्शेरको वंशले सिध्याएको हो। उनीहरूलाई २००7 सालमा आफ्नो वंश सत्ताबाट हटेको पीडा छ। जबसम्म राणाहरू हावी हुन्छन्, तबसम्म राजसंस्था आउँदैन।”

प्रसाईँले धवलशम्शेर राणासँगको पार्टी एकता भाँडिएको स्पष्ट संकेत गरेका छन्। आफूले साउन २८ गते ‘मिड निर्बाण’ को समय परेकाले पार्टी दर्ता १५–२० दिन पछाडि गरौँ भन्दा राणाको समूह हतारिएको उनको टिप्पणी छ।

देशले अहिले खोजेको एउटा फेयर मान्छे दुर्गा प्रसाईँ हो । उनले भने, “लक्ष्यमा पुग्नु छ भने एक्लै यात्रा गर भनेर भगवान श्रीकृष्णले पनि अर्ति दिएका छन्।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट