Techie IT
२०८३ असोज २४, शनिबार

इतर पक्षको राष्ट्रिय भेलाप्रति कांग्रेस संस्थापनको कडा आपत्ति


नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको 'संस्थापन इतर' पक्षले आयोजना गरेको राष्ट्रिय भेला र त्यहाँबाट पारित प्रतिवेदनप्रति कडा आपत्ति जनाएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले इतर पक्षका अनधिकृत गतिविधिमाथि पार्टीको गम्भीर ध्यान केन्द्रित भएको बताएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता चालिसेले इतर पक्षको भेलामा भएका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका थिए । उनले भने, “त्यहाँ गरिएका काम र बोलिएका कुरालाई हामीले नजिकबाट हेरिरहेका छौँ। यसका पछाडि के छ भनेर विश्लेषण पनि भइरहेको छ। यसमा पार्टीले कतिपय सावधानी अपनाउने र कतिपय रणनीतिक रूपमा प्रतिक्रियाविहीन रहेर सामना गर्ने तयारी गरेको छ।”

प्रवक्ता चालिसेले पार्टीको आधिकारिक संयन्त्रभन्दा बाहिर गरिएका निर्णय वा पारित गरिएका प्रतिवेदनले कुनै वैधानिकता नपाउने स्पष्ट पारे। उनले प्रश्न गर्दै भने, “कसले, कहाँ, के पास गरे? भन्ने विषयले वैधता पाउँछ कि पाउँदैन? सबैभन्दा ठूलो कुरा वैधताको हो। त्यहाँ पार्टीको कुन चाहिँ औपचारिक व्यक्तिको उपस्थिति थियो? कति जिल्ला सभापति थिए? न पार्टीले बोलाएको छ, न कुनै अख्तियार प्राप्त आधिकारिक संरचनाभित्रबाट त्यस्तो कार्यक्रम भएको छ।”

यस्ता गतिविधिले पार्टीभित्र अनावश्यक विवाद रहेको सन्देश जाने र संस्थाको छवि धमिलिने भन्दै उनले चिन्ता व्यक्त गरे। त्यहाँ कांग्रेसभित्रै विवाद छ भनेर प्रचार गरी पार्टीको छविलाई धमिल्याउने काम भएको छ । उनले भने, “यसले जनतामा राम्रो सन्देश जाँदैन। जो वरिष्ठ नेताहरू हुनुहुन्छ, उहाँहरूले नै पार्टीलाई सही बाटो देखाउनुपर्ने हो।”

पार्टीभित्र सिर्जना गरिएको कानुनी झमेलाप्रति पनि संस्थापन पक्षले तीव्र असन्तुष्टि पोखेको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट