Techie IT
२०८३ भाद्र ६, शनिबार

गरिमा हत्याकाण्ड: न्यायको मागसहित आन्दोलित बुवाआमासँग गृहमन्त्री वार्ता गर्दै


बाराको सिमरास्थित जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर देशैभरि आक्रोश फैलिएपछि सरकारले पीडित परिवारसँग संवाद थालेको छ।

आज शनिबार राजधानी काठमाडौं आइपुगेका गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीसँग गृहमन्त्री सुधन गुरुङले छलफल सुरु गरेका छन्। सिंहदरबार वा मन्त्रालय तहमा भइरहेको भनिएको उक्त वार्तामा गृहमन्त्री गुरुङसँगै कृषिमन्त्री गीताकुमारी चौधरी पनि सहभागी छिन्।

गत साउन ३१ गते बिहान घरबाटै हराएकी बालिका गरिमाको शव तीन दिनपछि फेला परेको थियो। प्रहरीले उनको बलात्कारपछि हत्या भएको पुष्टि गरिसकेको छ। घटनाको केही दिनदेखि पीडित परिवार र स्थानीयहरू न्यायको माग गर्दै कडा आन्दोलनमा उत्रिएका थिए। सोही आन्दोलनको दबाबस्वरूप उनीहरू शनिबार विमानमार्फत काठमाडौं आएका हुन्।

बालिकाको हत्यारालाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाहीको माग गर्दै अहिले राजधानी काठमाडौंसँगै देशका विभिन्न प्रमुख स्थानहरूमा विरोध प्रदर्शन र आन्दोलन तीव्र रूपमा चर्किरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट