विपत्तिविका वेला हरेक नेपाली एकताबद्ध भएर उभिनुपर्छ: मन्त्री विराज भक्त श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मुलुक अहिले गहिरो प्राकृतिक विपत्ति र सङ्कटको घडीबाट गुज्रिरहेकाले यस कठिन परिस्थितिमा सम्पूर्ण नेपाली एकताबद्ध भएर विपत्तिविरुद्ध उभिनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला कार्यसमितिले बौद्धनाथ स्तूपामा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन्। उनले बेपत्ता भएकाहरूको खोजी, उद्धार तथा प्रभावितहरूको पुनस्र्थापनामा सरकार गम्भीरतापूर्वक लागि परेको स्पष्ट पारे।
कार्यक्रममा मन्त्री श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। सरकारले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निधन भएका नागरिकहरूको सम्मानस्वरूप आज राष्ट्रिय शोक मनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस