Techie IT
२०८३ असोज १७, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीस्थित ‘घन्टीघर’ मा बस्ने तय भएको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

बैठकमा आगामी स्थानीय तहको निर्वाचनका लागि ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ का सदस्यहरूको मनोनयन गर्ने विषयमा मुख्य रूपमा छलफल हुनेछ। त्यसैगरी, पार्टीभित्रका विभिन्न विभागीय प्रमुख र उपप्रमुखहरूलाई पूर्णता दिने एजेन्डा पनि बैठकमा राखिएको छ।

प्रवक्ता खरेलका अनुसार बैठकमा केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यहरूको नेतृत्वमा सञ्चालन गरिने ‘हामी आउँदै छौँ’ अभियानबारे समेत समीक्षा तथा छलफल हुनेछ। साथै, मधेस प्रदेश संगठनको वित्तीय विवरण (अडिट रिपोर्ट) प्रस्तुत गरी त्यसबारे समेत विस्तृत समीक्षा गरिने रास्वपाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट