Techie IT
२०८३ असोज १९, सोमबार

नेपाली कांग्रेसले २९७ सदस्यीय जम्बो केन्द्रिय समिति बनाउने


नेपाली कांग्रेसले आफ्नो सांगठनिक संरचनामा ऐतिहासिक फेरबदल गर्दै केन्द्रीय समितिको आकारमा भारी वृद्धि गरेको छ। १५औँ महाधिवेशनको बन्दसत्रले महामन्त्री प्रदीप पौडेलद्वारा प्रस्तुत गरिएको केन्द्रीय समितिको आकार फराकिलो बनाउने विशेष प्रस्तावलाई अनुमोदन गरेको छ।

महाधिवेशन प्रतिनिधिहरूको संख्या बढेर ७ हजार ७ सय पुगेसँगै पार्टीको प्रतिनिधिमूलक चरित्रलाई थप समावेशी र व्यवस्थित बनाउन समितिको आकार बढाउनुपरेको महामन्त्री पौडेलले बताएका छन् । यसअघि कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय मात्र रहेकोमा अब त्यसलाई विस्तार गरेर २९७ सदस्यीय पुर्याइएको छ।

संशोधित विधानअनुसार पार्टीमा १ सभापति, १ वरिष्ठ उपसभापति, ४ उपसभापति, १ महिलासहित ३ महामन्त्री र ११ जना निर्वाचित सहमहामन्त्री रहनेछन्। यसका अतिरिक्त, ४ जना सहमहामन्त्री सभापतिद्वारा मनोनीत हुने व्यवस्था गरिएको छ।

कुल २९७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ६६ जना सदस्य सभापतिले मनोनीत गर्नेछन्। साथै, संघीय संसदीय दलका नेता र सबै प्रदेश सभापतिहरू स्वतः केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहनेछन्।

पार्टीको निर्णय प्रक्रियालाई थप तीव्र बनाउन केन्द्रीय कार्यसम्पादन समितिको आकार पनि ३१ बाट बढाएर ४१ सदस्यीय पुर्याइएको छ। प्रवक्ता देवराज चालिसेका अनुसार कोषाध्यक्ष र प्रवक्ता सभापतिले पदाधिकारीको हैसियतमा मनोनीत गर्नेछन् भने आवश्यकताअनुसार सहप्रवक्तासमेत मनोनीत गर्न सकिने सांगठनिक अधिकार सभापतिमा निहित गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट