बडीकेदारलाई धार्मिक र पर्यटकीय हब बनाउँछौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडीकेदार क्षेत्रलाई पवित्र धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताएका छन् ।
बडीकेदार पर्यटन समितिले बडीकेदार मेलाको सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेशका सबै प्रमुख धार्मिक स्थलहरूलाई ‘देवाटपी धार्मिक पर्यटन सर्किट’ मा जोडेर एकीकृत विकास गर्ने सरकारको योजना सुनाएका थिए ।
स्थानीयको भावना र अपेक्षाअनुसार बडीकेदारको पूर्वाधार निर्माण, संरक्षण र प्रचारप्रसारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उनले उल्लेख गरे । धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके स्थानीय स्तरमै रोजगारी सिर्जना र आर्थिक समृद्धि हासिल गर्न सकिने उनको धारणा थियो ।
आगामी बडीकेदार मेलाको सफलताको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री भट्टले मेलाले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने विश्वास व्यक्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस