जनता र कार्यकर्ताबाट कुटाईखाने नेपालका नेताहरु
विश्वको धेरै देशका राजनीतिक नेताहरू, राजा महाराजाहरूलाई गालामा चड्कन हानेको, जुत्ताले हानेको समाचारहरू पढेका र सुनेका छौं । नेपाल र भारतमा त आफ्नै पार्टीको कार्यक्रमको मञ्चमै कुर्सीले नेतालाई हानेको घटनाहरू धेरै छन् ।
राजनीतिक गतिविधि गर्दा विरोधका स्वरूपहरू फरक हुन सक्छन् । विरोध गर्दा कालो झन्डा देखाउने र नारा जुलुस गर्नु लाई सामान्य मान्न सकिन्छ । भौतिक रूपमै आक्रमण गर्न आउनु जो कोहीका लागि कानुनी राज्यमा जायज हुनै सक्दैन । केही महिना पहिला माननीय स्वविता गौतमले संसदमा आफ्नो निर्वाचन क्षेत्र जाँदा अपमानित हुनु परेको तथा उनको निर्वाचन क्षेत्रका केही युवा हरुबाट दुर्व्यवहार भएको गुनासो गरेकी थिईन् । गौतम राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभाकी सदस्य माननीय हुन् । उनले नेकपा (माओवादी केन्द्र)की प्रभावशाली महिला नेता तथा पूर्व सभामुख ओनसरी घर्ती लाई चुनावमा पराजित गरेकी थिइन् । नेपालका भिआईपी नेताहरू जनता र तिनका कार्यकर्ता बाट कहाँ र कहिले खुटिए भन्ने विस्तृतमा हेरौँ ।
१. प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण भूमिकामा रहेका छ । १० वर्षीय जलयुद्धका कमान्डर प्रचण्ड सशस्त्र युद्धमा शाही सेनाको गोली, बारुदको छर्रा समेत नखाएका प्रचण्डले शान्ति प्रक्रियामा आएपछि सबै भन्दा धेरै पटक आफ्नै कार्यकर्ता र जनता बाट कुटाई खानु पर्यो । एक पटक हैन हालसम्म ३ पटक आफ्नै पार्टीले आयोजना गरेको कार्यक्रममा कार्यकर्ताहरूले प्रचण्डमाथि हातपात गरेका छन् ।
वि.सं. २०६९ मंसिर १ गते पार्टीको आयोजनामा भृकुटी मण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको थियो । प्रमुख पार्टीहरू, उच्च स्तरका पाहुनाहरू गइसकेपछि प्रचण्ड त्यहाँ भएका कार्यकर्ताहरू बाट शुभकामना लिदै थिए । त्यहिँक्रममा वाग्लुङ राजकोटका २५ वर्षीय पदम कुँवरले प्रचण्डको गालामा चड्कन हाने। प्रचण्डको चस्मा टेबुलमा खसेको थियो । प्रचण्ड माथि हातपात गर्ने पदम लाई त्यहाँ उपस्थित अन्य कार्यकर्ताहरूले नराम्रो सँग कुटे अनततः प्रहरीले पक्राउ गरेपछि उनको ज्यान बच्यो । चड्कन हान्नाको कारण सोध्दा युद्ध चलुञ्जेल सिंगो परिवार युद्धमा लाग्यो पछि पार्टीले हेरेन बन्ने गुनासो पदम कुँवरको थियो ।
वि.सं. २०७६ फाल्गुन १८ गते पुर्वअर्थमन्त्री रहेका भरत मोहन अधिकारीको स्मृति सभाको कार्यक्रममा सम्बोधन सकेर फर्कने क्रममा राष्ट्रिय सभागृहमा जुम्लाका २२ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए । तत्कालीन जलयुद्धमा बुवालाई गुमाएका तिरुवाको पार्टी पटकपटक सरकारमा जाँदा पनि न्याय पाइन भन्ने गुनासो थियो ।
२. बाबुराम भट्टराई
माओवादीबाट अलग भएर नयाँ शक्ति नेपालको घोषणा गरेर बाबुराम भट्टराई पार्टीको काममा देश व्यापी अभियानमा गएका थिए । पोखराको पृथ्वीनारायण क्याम्पसमा २०७३ मंसिर २३ गते नयाँ शक्ति निकट विद्यार्थीले आयोजना गरेको कार्यक्रममा कैलालीका संजिब भट्टराईले बाबुराम माथि जुत्ता प्रहार गरेका थिए ।
३. रामचन्द्र पौडेल
वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल २०४८ को चुनाव पछि बनेको सरकारमा स्थानीय विकास मन्त्री हुनुहुन्थ्यो । वि.सं. २०५० श्रावण ६ गते राष्ट्रिय सभामाको वैठकमा स्थानीय विकास मन्त्रालयको बजेट माथि छलफल हुँदै गर्दा मन्त्री पौडेल त्यहाँ पुगेका थिए । एमालेका सांसद गोल्छे सार्कीले मन्त्री पौडेल लाइ वैठक स्थलमै गालामा चड्कन लगाए । आफू बोलिरहँदा पौडेलले जिस्काएकाले रिस थाम्न नसकेर चड्कन लगाएको गोल्छे सार्कीले बताएका थिए । पौडेल लाई चड्कन लगाउने गोल्छे १५ दिन राष्ट्रिय सभा बाट निलम्बित भए ।
४. झक्कु प्रसाद सुवेदी
पहिलो संविधान सभाको चुनावमा काठमाण्डौंमा-२ बाट तत्कालीन एमाले महासचिव माधव कुमार नेपाल लाई पराजित गरेपछि नेकपा माओवादीका नेता झक्कु प्रसाद सुवेदीको देशभरी नै चर्चा भएको थियो । २०६८ वैशाख १९ गते तिनकुने स्थित रेष्टुरेन्ट व्यवसायी प्रेम राज देवकोटाले नेता झक्कु प्रसार सुवेदी लाई आफ्नै रेष्टुरेन्टमा चिया खाना बोलाए र सोधे संविधान कहिले बन्छ माननीयज्यू ? प्रश्नको जबाफ नपाए पछि प्रेमप्रशादले नेता झक्कुको गालामा चड्कन हाने । त्यहीँ चड्कनले निर्वाचित भएको ४ वर्षपछि झक्कु प्रशाद सेवेदी पुन चर्चामा आए ।
५. पुर्ण बहादुर खड्का
नेपाली काँग्रेसका नेता पुर्ण बहादुर खड्का लाई संविधान सभाको पहिलो बैठकमा नेकपा एमाले सभासद कमला शर्माले चप्पल हानेकी थिइन् । पुर्ण बहादुर खड्का र कमला दुवै जना सुर्खेत बाट प्रतिनिधित्व गर्ने माननीय थिए । द्वन्द्कालिन रिस कमला शर्माले पुर्ण बहादुर खड्का माथि पोखेकी थिइन् ।
६. सुशिल कोइराला
नेपाली काँग्रेसका सभापति सुशिल कोइराला माथि २०६८ असोज १३ गते काठमाण्डौको शंख पार्कमा आयोजित एक कार्यक्रममा नेवि संघका नेता प्रवेश बस्नेतले कुर्सी प्रहार गरेका थिए । कार्यक्रममा आसन ग्रहण नराएकाले कुर्सी हानेको बस्नेतले बताएका थिए ।
७. झलनाथ खनाल
वि.सं. २०६७ माघ ७ गते तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल लाई सुनसरीको इनरुवामा पार्टी प्रवेश कार्यक्रममा गालामा चड्कन खाए । पार्टी प्रवेश गर्ने लाइनमा बसेर खनालको हातबाट टीका लगाएका सुनसरीका देवी प्रसाद रेग्मीले खनालको गालामा चड्कन हाने । नेताहरूलाई राम्रो चेत आओस् र सकारात्मक काम गरुन् भनेर चड्कन हानेको रेग्मीले बताएका थिए । रेग्मीको चड्कन खाएका खनाल २ हप्तामै देशको प्रधानमन्त्री बनेका थिए ।
८. रवि लामिछाने
२०८० पौष महिनाको ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको एक कार्यक्रममा पोखरामा पार्टी सभापतिले भाषण गरिरहँदा लामिछाने माथि मकैको खोयो प्रहार भयो । मकैको खोयाले हाने पछि रविले जनताले मकैको खोया, ढुङ्गा, ताली, गाली, फूल सबै स्विकार्न तयार भएको भनेर भाषणमै भने । सभापति लामिछाने माथि मकैको खोया प्रहार गर्ने व्यक्ति लमजुङका ३६ वर्षीय सन्तोष रानाभाट थिए । प्रहरीले खोया प्रहार गर्ने सन्तोष लाई पक्राउ गरेपनि सामान्य प्रक्रिया पछि छोडी दियो ।
९. गोकर्ण विष्ट
नेकपा एमालेका युवा नेता गोकर्ण विष्टलाई २०६८ चैत २९ गते सामाखुसी स्थित आफ्नै घरको कम्पाउन्डमा माक्स लगाएका केही युवाहरूले आक्रमण गरेका थिए । नेता विष्ट ऊर्जा मन्त्रीका लागि सिफारिस आक्रमण पर्दाको अघिल्लो दिन मात्र भएका थिए । त्यो आक्रमण कसले र किन गर्यो त्यो अहिले सम्म खुल्न सकेको छैन ।
१०. केपी शर्मा ओली
बोलीमा खरो एमाले अध्यक्ष ओली प्रतिपक्षको तारो बन्ने गर्छन् । वि.सं. २०८० मा एमालेको मध्य पहाडी राजमार्गमा झुलालघाट देखि चुवाभञ्ज्याङ्ग सम्मको समृद्धिका लागि संकल्प अभियानको क्रममा एमाले अध्यक्ष ओली माथि २०८० मंसिर २८ गते कोशी प्रदेशको भोजपुर बाट धनकुटा जादैगर्दा पहिचानवादी समर्थकले ओलीमाथि हातपातको प्रयास गरे । पहचानवादीहरुले प्रदेशको नामकरण गर्दा कोशीको सट्टा किराँत प्रदेश हुनुपर्ने माग राख्दै आन्दोलनमा थियो ।
ओली माथि हातपात गर्ने व्यक्ति धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.५ का महेश राई हुन् । कार्यकर्ता सँगै स्वागतका लागि लाइनमा बसेका राईले बायाँ हातले ओली माथि प्रहार गर्ने प्रयास गरेका थिए । पहिचानवादीहरुले एमालेको अभियान कोशी प्रदेश प्रवेश गर्ने दिन कोशी प्रदेश बन्द आह्वान गरे, ओली लाई स्वागत गर्न बनाएको गेट नै भत्काएर विरोध गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस