प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै, दुई विधेयक प्रस्तुत हुने
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उनले उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसमेत राख्नेछन् ।
यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको आमसञ्चार परिषद विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गर्नेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस