नारायणकाजीले मागे माफी
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटन समारोहमा आफूलाई बोल्न अवरोध गर्न खोजिएको बताएका छन्।
मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा मन्तव्य दिन थालेकै बेला मनोवैज्ञानिक रूपमा अवरोध सिर्जना गर्न खोजिएको बताए । उनले उत्पन्न परिस्थितिलाई सामान्य रूपमा लिन आग्रह गर्दै, पार्टी एकता र पुनर्गठनमा प्रचण्डको नेतृत्वमा अगाडि बढ्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारे ।
श्रेष्ठले अवरोधको प्रयासले जनतासँग माओवादीको तराई–मधेस जागरण अभियानलाई कुनै असर नपर्ने बताए । "नेता, कार्यकर्ता र शुभेच्छुकहरूको भावनालाई सकारात्मक रूपमा लिँदै सार्वजनिक रूपमा क्षमायाचना गर्न चाहन्छु," उनले भने।
अभियानलाई असाधारण ढंगले सफल बनाउने विश्वास व्यक्त गर्दै श्रेष्ठले सरकारको पछिल्लो अध्यादेशप्रति असन्तुष्टि जनाएका थिए। "सरकारले निरङ्कुश ढंगले ल्याएको अध्यादेश देशको हितमा छैन," उनले टिप्पणी गरे।



तपाईको प्रतिक्रिया दिनुहोस