Techie IT
२०८३ असार ३०, मंगलबार

माओवादी अध्यक्ष प्रचण्डद्वारा सहिद रमेश रामको शालिक अनावरण


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बनौलामा निर्माण गरिएको सहिद रमेश रामको शालिक अनावरण गरेका छन् ।

हुलाकी सडकखण्ड केन्द्रित गरेर झापाको कचनकबलबाट सुरू गरिएको ‘तराई मधेस जागरण अभियान’ का क्रममा अध्यक्ष प्रचण्डले आज यहाँ शालिक अनावरण गरेका हुन् । सो अवसरमा उहाँले नेपालमा भएका हरेक परिवर्तन नेपाली जनताको त्याग र बलिदानबाट मात्रै सम्भव भएको बताए ।

अध्यक्ष दाहालले जनताको धेरै ठूलो सङ्घर्ष र बलिदानबाट देशमा शान्ति सम्झौता, संविधानसभाको निर्वाचन, सङ्घीय लोकतन्त्रको घोषणासँगै कार्यान्वयनको वातावरण बनेको हुँदा देशको राजनीतिक परिवर्तनमा जनताको त्याग र बलिदान रहेको बताएका थिए ।

उनले पछिल्लो पटक आफ्नो नेतृत्वमा देशका सबै सहिद राष्ट्रिय सहिदको रूपमा सम्मान दिई नेपाल राजपत्रमा प्रकाशन भई सकेकाले अब यसलाई कसैले उल्ट्याउन नसक्ने बताए । सत्य निरूपण तथा मेलमिलाप विधेक पारित भएको बताउँदै उनले मेलमिलाप आयोग गठन भएपछि सहिद परिवारलाई सम्मान गर्ने, परिपूर्ण दिने पाटो खुल्ने बताएका छन् ।

परिवर्तन सामान्य र सुधारात्मक मात्र नभएर गुणात्मक, युगान्तकारी र धेरै परसम्म जाने भएको प्रचण्डको भनाइ छ । उहाँले देश गणतन्त्रमा प्रवेश भएको युगान्तकारीसँगै धेरै ठूलो परिवर्तन भएको उल्लेख गरे ।

डाक्नेश्वरी नगरािलिका–१० बनौलमा मा जन्मनु भई देशको सामाजिक तथा राजनीतिक परिवर्तनका खातिर लड्दै आफ्नो सप्तरीकै बोदे बरसाइन बजारमा विसं २०६१ असार ४ गते साहदत प्राप्त गर्नुहुने सहिद रमेश रामको सम्झनामा शालिक निर्माण गरेको हो । सो अवसरमा अध्यक्ष दाहालले सहिद परिवारका सदस्यलाई सम्मान गर्नुभएको थियो ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट