Techie IT
२०८३ असार ३०, मंगलबार

त्रिवि केन्द्रिय क्याम्पसमा अखिल (क्रान्तिकारी) बाट स्ववियु सभापतिमा प्रविन दाहाल


त्रिभुवन विश्वविद्यालयमा यही चैत ५ गते स्वतन्त्र विद्यार्थी संगठनको चुनाव हुँदैछ। चुनावमा सहभागिता जनाउनका लागि आज देशभरका क्याम्पसहरूले आफ्नो दल दर्ता गरिसकेका छन्।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस किर्तिपुरमा स्ववियु चुनावको माहोल अहिले तिव्र भएको छ। यसैक्रममा, आज नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले दल दर्तासँगै स्ववियु सभापतिको उम्मेदवारको रूपमा प्रविन दाहाललाई प्रस्तुत गर्ने निर्णय गरेको छ। दाहाल संगठनबाट सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा छनोट भएका हुन्।

आजै सामाजिक सञ्जाल फेसबुकमा दाहालले विद्यार्थीहरूलाई विश्वविद्यालय सुधारका लागि आफुलाई मतदान गर्न अपिल गरेका छन्। उनले भने, "म तपाईंहरूको साझा उम्मेदवार बन्न चाहन्छु र आम विद्यार्थीहरूको आवाज बनेर निष्पक्ष र प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गर्छु। हाम्रो जिम्मेवारी हाम्रो टिमको हो भने, कामको जिम्मेवारी तपाईं सबै विद्यार्थी साथीहरूको हो।

सक्षम उम्मेदवारलाई रोज्न र काम गर्नेलाई चुनिनु आवश्यक छ। कृपया हामीलाई एक मौका दिनुहोस्, र हामी तपाईंलाई निस्सन्देह पूर्ण समर्थन र उत्कृष्ट कार्यका साथ अघि बढाउनेछौं।"



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट