राजावादीहरूको शक्ति प्रदर्शनले माओवादी अभियानमा अल्पविराम, आन्तरिक छलफलमा प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफ्नो अभियानलाई स्थगित गरेको छ । उसले जनतासँग माओवादी ः ‘तराई–मधेस जागरण अभियान’ लाई केही समयसम्मका लागि स्थगित गरेको हो ।
अभियान स्थगित गरेर माओवादी अध्यक्षसहित पार्टीका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने रणनीति तय गर्न नेताहरू छलफलमा जुटेको माओवादी केन्द्रले जनाएको छ ।
सरकार, राजवादीको गतिविधि र त्रिवि स्ववियु निर्वाचनबारे छलफल हुने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
राजावादी र उनीहरूका समर्थकहरूले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । पूर्वराजा पनि यहीँ मौका छोपेर पोखराको एक महिने बसाइँ सकाएर आउँदैछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस