Techie IT
२०८२ असार २२, आइतबार

पूर्वराजाको स्वागतमा भारतीय मुख्यमन्त्री योगीको तस्विर: राष्ट्रवाद कि भारतको आशीर्वाद ?


पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका राजावादी समर्थकहरुले अनौठो दृश्य प्रस्तुत गरेपछि सामाजिक सञ्जालमा बहस चर्किएको छ ।

‘राजसंस्था पुनर्स्थापना गरौं’ भन्दै नारा लगाउने समर्थकहरुले भारतीय नेता योगी आदित्यनाथको ठूलो तस्बिर बोकेका थिए। पूर्वराजा शाहको साइजको झैं ठूलो फ्रेममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको तस्बिर प्रदर्शन स्थलमा देखिएको हो ।

हिन्दूवादी अभियन्ता प्रदीपविक्रम राणाको नेतृत्वमा भएको उक्त प्रदर्शनमा नेपाली राजसंस्थाको समर्थनमा भारतीय नेताको तस्बिर प्रयोग गरिनुमा धेरैले आश्चर्य व्यक्त गरेका छन् । ब्यानरमा ‘राजसंस्था पुनर्स्थापना गरौं’ भन्ने नारा लेखिएको छ भने तस्बिरमा एकातिर शाह र अर्कोतिर आदित्यनाथ देखिन्छन् ।

पूर्वराजा ज्ञानेन्द्रले केही समयअघि लखनऊमा योगी आदित्यनाथसँग भेट गरेका थिए। तर, नेपाली राष्ट्रियताको नाममा विदेशी नेताको तस्बिर प्रदर्शन गर्नु राष्ट्रवादको नाममा विरोधाभास भएको भनी आलोचना भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि आफ्नो फेसबुकमार्फत् सो दृश्यप्रति चासो देखाउँदै लेखेका छन्, "राष्ट्रवादी महोदयहरूले र्‍यालीमा प्रयोग गरेका यी २ फोटाहरू..."

सामाजिक सञ्जालमा सो ब्यानरको तस्बिर भाइरल बनेको छ, जसमा छुट्टाछुट्टै मोटरसाइकलमा योगी र ज्ञानेन्द्रका तस्बिर राखिएको देखिन्छ।

यस घटनाले राजसंस्था समर्थकहरुको राष्ट्रवादप्रतिको बुझाइबारे नयाँ प्रश्न खडा गरिदिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट