Techie IT
२०८३ असार २९, सोमबार

रामपुर कृषि क्याम्पसमा अखिल (क्रान्तिकारी)बाट अध्यक्षमा सन्तोष रताला उम्मेदवार


देशभर त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावी माहोल तातिरहेको छ। आज अधिकांश क्याम्पसहरूमा उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गरिरहेका छन्।

यसै क्रममा, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले रामपुर कृषि क्याम्पसमा सन्तोष रताला जोशीलाई स्ववियु अध्यक्ष पदको उम्मेदवार बनाएको छ। निवर्तमान स्ववियुमा सचिवको जिम्मेवारी सम्हालिसकेका जोशी क्याम्पसमा लोकप्रिय युवा नेताका रूपमा चिनिन्छन्।

जोशीले सचिवकालमा कृषिजन्य उत्पादन तथा तालिम कार्यक्रमहरू सञ्चालन गर्दै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिलाउने कार्यमा विशेष भूमिका खेलेका थिए। ती कार्यक्रमहरूलाई विद्यार्थीहरूले सकारात्मक रूपमा लिएको बताइन्छ।

विकट जिल्ला बझाङबाट उच्च शिक्षाका लागि चितवन आएका जोशी अध्ययनमा समेत उत्कृष्ट रहेका छन्। "रामपुर कृषि क्याम्पसको गौरवलाई अझ उचो बनाउनु, अध्ययनरत विद्यार्थीहरूलाई उत्पादनसँग जोड्दै आयआर्जनमुखी वातावरण निर्माण गर्नु नै मेरो प्रमुख लक्ष्य हो," उम्मेदवार जोशीले रैवारप्रेससँगको कुराकानीमा बताएका छन् । स्ववियु निर्वाचनको यो सरगर्मीमा जोशीको उम्मेदवारी क्याम्पसभित्र नयाँ सम्भावनाका रूपमा हेरिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट