Techie IT
२०८२ असोज ८, बुधबार

८४ क्याम्पसमा स्ववियुको नेतृत्व निर्विरोध चयन : नेविसंघ पहिलो, अखिल क्रान्तिकारी तेस्रो


काठमाडौं । देशभरका ८४ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व निर्विरोध चयन भएका छन् । 

मंगलबार मनोनयन दर्ता गर्नेक्रममा पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । 

कतिपय ठाउँहरूमा भने विद्यार्थी संगठनहरूले आपसी समझदारीमा सर्वसम्मत नेतृत्व चयन गरेका छन् । 

निर्विरोध भएका ८४ क्याम्पसमध्ये अहिलेसम्म नेपाल विद्यार्थी संघले ३३ वटा क्याम्पसको अध्यक्ष जितेको दाबि गरेको छ । 

त्यस्तै अनेरास्ववियुले ३० वटा क्याम्पसमा स्ववियु अध्यक्ष जितेको र अखिल क्रान्तिकारीले २१ क्याम्पसको अध्यक्ष जितेको दाबी गरेका छन् । 

त्यस्तै काठमाडौं उपत्यकाका २२ मध्ये ६ वटा क्याम्पसमा उम्मेदवारी दर्ताको प्रक्रिया अवरुद्ध बनेको छ । 

काठमाडौंको शंकरदेव क्याम्पसको निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ भने केन्द्रीय क्याम्पस कीर्तिपुरमा बागी उम्मेदवारको नाम दर्ता गरेको भन्दै नेविसंघले तालाबन्दी गरेको छ ।

यस बाहेक पद्यमकन्या, सरस्वती, पब्लिक युथ र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढेको छैन । 

त्रिवि अन्र्तगतका आंगिक, सामुदायिक र निजी क्याम्पसमा मंगलबार निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम थियो । स्ववियु निर्वाचन चैत्र ५ गते हुँदैछ ।  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट