नेविसंघको विवाद उत्कर्षमा : त्रिविमा आधा दर्जन बागी उम्मेदवार (नामावलीसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवाद उत्कर्षमा पुगेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको उमेदवारलाई लिएर विवाद उत्कर्षमा पुगेको हो ।
मूलतः उमेदवार छनोटलाई लिएर नेविसंघमा असन्तुष्टी चुलिँदै गएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरमा ६ जनाले नेविसंघबाट बागी उम्मेदवारी दिएका छन् ।
अनोज कार्की, पद्मा भुसाल, नरेन्द्र साउद, पदम दाहाल, सनम ओली, अक्कल रानाभाटले असन्तुष्टी जनाउँदै बागी उम्मेदवारी दिएको निर्वाचन आयोग त्रिविले जनाएको छ ।
त्रिविमा उम्मेदवार छनोट गर्दा इकाई कमिटी र केन्द्रबीच विवाद भएको छ । यद्यपि नेविसंघ त्रिवि इकाई सभापति विष्णु बडैलाले अनोज कार्कीलाई अध्यक्ष उम्मेदवार हुनेगरी निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको जानकारी दिए ।
बडैलाका अनुसार त्रिवि स्ववियुका उपसभापति कार्कीले नेविसंघको तर्फबाट उमेदवारी दर्ता गरिसकेपछि केन्द्रले दीपकराज जोशीलाई उमेदवार बनायो थियो । त्यसपछि अन्य सभापतिका आकांक्षीहरूले विरोध गर्दै बागी उमेदवारी दर्ता गराएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस